Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो छ दुर्गा प्रसाईको महाअभियान


सारांश

यस्तो छ दुर्गा प्रसाईको महाअभियान
images

काठमाडौं ।  ‘लोकप्रिय सामाजिक अभियन्ता’ र सामाजिक सञ्जालको ‘हिरो दुर्गा प्रसाईंले ‘महाभियान’ घोषणा गरेका छन् ।

उनको महाअभियान आखिर के हो ?

thumb.jfif

उनी भन्छन्ः

यो गणतन्त्रले देशको धर्म–संस्कृति नाश गर्यो । उद्योगधन्दा धराशयी बनायो । एक करोड उर्जाशील युवायुवतीलाई विदेश धकेल्यो । समाजमा विग्रह र विभाजन पैदा गर्यो । आफ्नो व्यवसाय गरेर खाने वातावरण दिएन । गाउँमा मलामी पाउन छोडिएको छ । दैनिक ३० जना नेपालीहरु विदेशबाट बाकसमा आउँछन् । यो ३० वर्षमा देश सर्वत्र उजाडीएको छ ।

 उनी थप्छन्ः

हामीले उनीहरुको कुर्सी खोस्न खोजेका थिएनौं । तिमीहरुको राजनीति तिमीहरु गर, प्रधानमन्त्री–राष्ट्रपति कसले खानुपर्छ खाउ, केवल हामीलाई काम गर्ने वातावरण देउ मात्रै भनेका हौं । त्यो पनि पाएनौं । त्यसको परिणाम ५५ जना व्यापारी र १० जना नेता पार्टनर भएर सर्वत्र हालिमुहाली गरे । बैंक पनि यिनैका हातमा, लघुवित्त पनि यिनैका हातमा, सहकारी–इन्स्योरेन्स, रक्सी, गाडी सबै उनीहरुकै । त्यसले गर्दा मान्छे झुण्डिएर मर्न थाले । लघुवित्तको पैसा तिर्न नसक्दा एउटै रुखमा ३ चेली झुण्डिएर आत्महत्या गरे मेरै गाउँमा । त्यो घटनाले मलाई ज्यादै औडाहा भयो । यही दुखद परिस्थितिको अन्त्य गर्नका लागि हामीले महाअभियान थाल्न लागेका हौं ।

अन्तिममा: 

प्रसाईको महाअभियानका घोषित उद्देश्य भने तीनवटा छन् । पहिलो संघीयता खारेज गर्नुपर्ने । दोस्रो, धर्मनिरपेक्षताको साटो वैदिक सनातन राज्य बनाउनुपर्ने । र तेस्रो, देशमा गरिखान पाउने व्यवसायीक वातावरण दिनुपर्ने ।

330491431_561622445987671_4500482813984034175_n.jpg
उद्घाटनमा बाल्ने ८ फिट अग्लो दियो, दुर्गा प्रसाईं का साथ भतिज मनोज प्रसाईं

प्रसाईको महाअभियान आगामी १ फागुनमा सुरु हुँदैछ । मेचीको पुलमा गुरुहरुको हातबाट नौमुखे दियो बालेर अभियानको उद्घाटन गर्ने उनको तयारी छ ।

  उनले पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लाई सो कार्यक्रममा सहभागी हुन निम्ता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij