Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

विश्वप्रकाश शर्माको आग्रह : असोज २४ भित्र विशेष महाधिवेशनका समर्थकले हस्ताक्षर गर्नुस्


सारांश

विश्वप्रकाश शर्माको आग्रह : असोज २४ भित्र विशेष महाधिवेशनका समर्थकले हस्ताक्षर गर्नुस्
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागका लागि असोज २४ गतेभित्र हस्ताक्षर अभियानमा सहभागी हुन पार्टी प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

मंगलबार (असोज २१) जारी भिडियो सन्देशमार्फत उनले देशभरका महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर गर्ने वा नगर्ने निर्णय लिन अनुरोध गरेका हुन्।

“मैले कसैलाई पनि फोन गरेर हस्ताक्षर गर्नुस् भनेको छैन। तर तपाईंहरूले सोध्नुभएको छ भने, निडर भएर हस्ताक्षर गर्नुस्,” शर्माले भनेका छन्।

उनका अनुसार विशेष महाधिवेशन विधानविपरीत होइन, बरु विधानको पालनाले पार्टी अझ संविधानिक र सुदृढ बन्छ।

शर्माले असोज २५ गते विशेष महाधिवेशनका लागि निवेदन पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिने जानकारी पनि दिएका छन्।

“हस्ताक्षर गर्ने सोचमा हुनुहुन्छ भने ढिलो नगर्नुहोस्, २४ गतेभित्र गर्नुहोस्। साथीहरूले भनेका छन्— केन्द्रीय कार्यसमितिको बैठकभन्दा एक दिनअघि नै, असोज २५ गते, निवेदन दर्ता गर्नेछौं,” उनले भने।

उनले भिडियो सन्देशमा सात वटा प्रश्न र तिनका जवाफहरू प्रस्तुत गर्दै पार्टीभित्रको भ्रम हटाउने प्रयास गरेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गतेका लागि तय गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij