Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

नेकपा (एस) कुनै अन्य दलमा विलीन हुँदैन : नेपाल


सारांश

नेकपा (एस) कुनै अन्य दलमा विलीन हुँदैन  : नेपाल
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एस) कुनै अन्य दलमा विलीन नहुने स्पष्ट पारेका छन्।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पोखरा पुगेका नेता नेपालले बुधबार अहिलेको सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् ।

“सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको लागि सहकार्य गरेर अगाडि बढ्छौँ । सम्भव भए मोर्चा समेत बनाउने र पार्टी एकतासम्म हुनसक्छ,” उनले भने, “एकता गर्ने तर नेकपा (एस) कुनै अन्य दलमा विलीन हुँदैन ।”

उनले नेकपा एमालेकाे राष्ट्रपति भए देश बर्बाद हुने जिकीरसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij