सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सातबुँदे सहमति भएको छ । सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि उक्त सहमति भएको हो ।
सहमति अनुसार कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाइने उल्लेख छ । सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।
उक्त सहमतिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) साक्षीका रूपमा उपस्थित रहेका थिए ।