Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

गगन – विश्वप्रकाशको घोषणा: कांग्रेस महाधिवेशन अनिश्चितकालका लागि स्थगित


सारांश

गगन – विश्वप्रकाशको घोषणा: कांग्रेस महाधिवेशन अनिश्चितकालका लागि स्थगित
images

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्।

जारी विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिले मंसिर १५ गतेका लागि तय गरेको नियमित महाधिवेशनको कार्यतालिका समयमै परिमार्जन नहुनु तथा अन्य तयारीका काममा ढिलाइ भएपछि महाधिवेशन स्थगित गरिएको हो।

हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ जनाको क्रियाशील सदस्यता नवीकरण पूरा भएको छ। बाँकी जिल्लामा प्रक्रिया सम्पन्न भएपछि कुल संख्या ६ लाख नाघ्ने अपेक्षा गरिएको छ। यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ सदस्यता इन्ट्री भएको छ।

विज्ञप्तिमा ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी माग गरेको विशेष महाधिवेशनको विकल्पका रूपमा नियमित महाधिवेशनलाई प्राथमिकता दिइएको उल्लेख छ। तर नियमित महाधिवेशन समयमै सम्पन्न नहुने अवस्था देखिएपछि विशेष महाधिवेशन अघि बढाउने सम्भावना खुला राखिएको जनाइएको छ।

पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी सबै प्रक्रिया सर्वसम्मतिमा अघि बढाउने तयारी भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij