Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

चित्रबहादुर केसीले बुझाए प्रचण्डलाई ज्ञापन पत्र


सारांश

चित्रबहादुर केसीले बुझाए प्रचण्डलाई ज्ञापन पत्र
images
 

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्। पार्टीका नेताहरूसहित आज बिहान केसी ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए।

गणतन्त्र, संघीयता, राष्ट्रियता र जनजीविकाका विभिन्न विषय समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र बुझाएको हो।

प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा जनमोर्चाले विपक्षमा मत दिएको थियो। तर मंसिरमा भएको चुनावसम्म राष्ट्रिय जनमोर्चा तत्कालीन सत्ता गठबन्धनमै थियो। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij