सारांश
काठमाडौं । DishHome Internet ले ‘Service on Door (SOD)’ अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ।
DishHome Internet ले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित ‘Service on Door (SOD)’ अभियान औपचारिक रूपमा सार्वजनिक गरेको हो। उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गतेदेखि सञ्चालन गरिएको छ।
यस अभियानअन्तर्गत ग्राहकहरूले DishHome Internet को सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन्।
‘SOD’ अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिनेछ। साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
अभियानसम्बन्धी विस्तृत जानकारीका लागि DishHome Internet को हटलाइन नम्बर *(१५५५) मा सम्पर्क गर्न सकिनेछ।