Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेताका घरमा टिकट माग्नेको थामिनसक्नु भिड


सारांश

नेताका घरमा टिकट माग्नेको थामिनसक्नु भिड
images

काठमाडौं । नेपाली कांग्रेसमा हाल दुई शक्ति केन्द्र छन् । एउटा शक्ति केन्द्रको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाको हातमा छ । कार्यकारी पद महामन्त्रीको जिम्मेवारीमा रहेकाले अर्को खेमाको नेतृत्व गगन थापाले गरेका छन् ।

पार्टीभित्र थापा खेमाको नेतृत्व नेता डा. शेखर कोइरालाले गरे पनि उनीसँग कार्यकारी पद छैन । तसर्थ, एउटा खेमामा बढी आश थापामा छ ।

कार्यकर्ता बाठा भइसके । ‘जय नेपाल’ भन्न जुनसुकै सम्मानित नेता भेटे पनि टिकट र लाभ पाउन कार्यकारीकै पछि लाग्नुपर्‍यो । सभापति देउवा प्रधानमन्त्रीसमेत रहेकाले उनलाई भेट्न हत्तपत्त नेता कार्यकर्ताले पाउँदैनन् । देउवा स्वयंले भेट्न इच्छा गरे भने मात्रै नेता कार्यकर्ताका लागि बालुवाटारको ढोका खुल्छ ।

देउवासँग भेट्न पाउनेले त पाए, देउवासँग भेटेकामध्ये कतिपय, नभेटेकाहरू चाहिँ महामन्त्री थापाकहाँ पनि धाउँछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij