Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

होली : कुन रंगको कस्तो विशेषता ?


सारांश

होली : कुन रंगको कस्तो विशेषता ?
images

काठमाडौं । हिन्दुहरूको एक उल्लासपूर्ण चाड होली फागु शुक्ल पूर्णिमाका दिन रंग अबिर हालेर मनाउने गरिन्छ।

रंगले व्यक्तिको शारीरिक, मानसिक रूपमा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने हुनाले रंगको प्रयोग गर्नु पहिला यसको फाइदा र  बेफाइदा जानी राखौं।

रातो 

 रातो रंग शक्तिको प्रतिक मानिन्छ। यसलाई शुद्धता र पवित्रा, साहस र प्रेमको प्रतिकका रूपमा लिने गरिन्छ। रातो गुलाफ प्रेमको प्रतिक त्यसैले मान्ने गरिन्छ। रातो रंग मन पराउने मानिस जिज्ञासु महत्वाकांक्षी जोसिला हुन्छन् भन्ने मनोविधहरू बताउँछन्।

हरियो 

हरियो रङ प्राण जीवन शक्ति प्राकृतिक प्रतिक मानिन्छ। यो रंग जीवनको अन्तरभावना, भित्री भाव, रहस्य, मन, मर्म बुझ्ने सजीव जीवित रंग मानिन्छ। हरियो रंग प्राकृतिप्रति माया गर्ने हरियाली जालझेल मन नपर्ने मानिसहरूले मन पराउने गर्छन्। सायद हरियो मन नपराउने कमै मात्रै होलान्।

पहेँलो

पहेँलो रंग भक्ति धर्म परायणताको प्रतिकको रूपमा लिने गरिन्छ। पहेँलो वस्त्र लगाउने मानिस धर्म-कर्मप्रति बढी विश्वास गर्ने पाइन्छ। मनोचिकित्साहरूको भनाइ अनुसार यो रंग मनपर्ने मानिस रमाइलो, आत्मीय, व्यावहारिक, उत्सुक, सरल स्वभावका हुन्छन्।

निलो

निलो रंगलाई धर्म युद्धको प्रतिक मानिन्छ। निलो वर्णका भगवान विष्णुले अधर्म, पापी, दानवता, असत्यको नाश गर्न सत्य र धर्म रक्षा गर्न प्रत्येक युगमा अवतार लिने गरेको मानिदैं आएको छ।

कालो

यो रंग इर्ष्या र स्वार्थसँग गाँसिएको मानिन्छ। यो रंग मनपर्ने मानिस तुरुन्तै झोक्किने, रिसाउने, आफ्नो भावना खुलस्त तरिकाले भन्न चाहदैनन्। कालो रङ मन पराउनेले मन नपरेकालाई लगाइदिने गरिन्छ, होली हो बुरा मत मानो।

सेतो

 यो रंगलाई शुद्धताको प्रतिक मानिन्छ। अर्काको भलो चिताउने कसैको कुभलो नचिताउने कर्ममा विश्वास गर्नेहरू चहकिलो सेतो सफा चिटिक्क आकर्षकको प्रतिकका रूपमा पनि सेतो रंगलाई लिने गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij