Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मुलपानी क्रिकेट मैदान : अन्तर्राष्ट्रिय स्तरको बन्दै


सारांश

मुलपानी क्रिकेट मैदान :   अन्तर्राष्ट्रिय स्तरको बन्दै
images

काठमाडौं । मुलपानी क्रिकेट मैदान फेरिदै गएको छ । पहिला र अहिलेमा मुलपानीमा धेरै फरक देख्न सकिन्छ । घरेलु क्रिकेटमा सधैं आलोचना हुने मुलपानी अन्तर्राष्ट्रिय स्तरमा फेरिने अनुमान गरिएको छ । मुलपानीमा रन नबनेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) लगातार आलोचित पनि हुँदै आएको छ ।

 क्यानले काम अगाडि बढाएको छ । मैदानको तल्लोभागतर्फ बाउन्ड्री बढाइएको छ । बाउन्ड्री बढाइएको खाली ठाउँमा बालुमा राखिएको छ । बालुमा दुबो रोप्ने कार्य तीव्र छ । मैदानको तल्लोभागतर्फ झाडी फाडेर क्यानले माटो हाल्दै बाउन्ड्री बढाएको छ । उक्त खाली ठाउँमा पनि दुबो उमार्ने कामलाई तीव्रता दिएको छ ।

खेलाडीलाई चोट नलागोस बनेर मैदानमा रहेका साना ढुङ्गा ब्रुस लगाएर हटाउने काम गरेको छ । पेभेलिएन बक्स पनि स्तरउन्नती गर्नेकाम तीव्र रुपमा बढाइएको छ । पर्खालहरुमा सिमेन्टले पलास्टर गरिएको छ । मैदानमा दुबो र घाँस उम्रिनको लागि पानीसँगै युरिया राखिएको छ ।

दर्शक नियन्त्रण र सुरक्षा प्रमुख चुनौती रहनेछ । मैदानको माथिल्लो भागमा खाली भएको ठाउँमा दर्शकलाई राखिनेछ । तीन हजार दर्शक अट्ने अनुमान गरिएको छ । उक्त खाली ठाउँमा रहेको दुबो काटेर मैदानको माथिल्लो भागमा रोपिएको छ ।

पहिला भन्दा मुलपानी मैदानको आकार स्वभाविक रुपमा बढेको छ । दुबैतर्फ नयाँ स्क्रिन बोर्ड जडान भएको छ । मैदानको चारैतर्फ जाली लगाएको छ । टियुबाट माटो लगेर पिचमा नयाँ माटो राखिएको छ । बंगलादेशबाट आएका क्युरेटर मोहम्मद अब्दुल अल मामुनले ४० दिनदेखि पिच र आउटफिल्ड हेरेका छन् ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले मैदानको स्तरोन्नतीको काम लगभग सकिसकेको बताए । ‘लगभग मैदानको स्तरउन्नतीको जति काम थियो त्यो सकिएको छ । पिच र रोलिङको काम बाँकी छ । घाँस रोप्ने र माटो थप्ने काम लगभग सकिएको छ । अब पाँच देखि सात दिन भित्रमा पिच रोलिङको काम हुनेछ’, दासले भने ।

मुलपानीमा दुई क्रिकेट मैदान छन् । माथिल्लो क्यान र तल्लो मुलपानी रंगशाला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वामित्वमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij