Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्वकप फुटबलको २२ औं संस्करणको भव्य उद्घाटन


सारांश

विश्वकप फुटबलको २२ औं संस्करणको भव्य उद्घाटन
images

दोहा /  विश्वकप फुटबलको २२ औं संस्करण कतारमा सुरु भएको छ । प्रविधिको उच्चतम प्रयोग र कतारी सभ्यताको झलक प्रदर्शन गर्दै अल रायनस्थित अल बायत रंगशालामा आइतबार उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ ।

विश्व फुटबलको सर्वोच्च प्रतियोगिता ९२ वर्षको इतिहासमा पहिलोपल्ट खाडी क्षेत्रमा आयोजना गरिएको हो । हालसम्मकै सबैभन्दा बढी २ खर्ब २० अर्ब अमेरिकी डलर लगानी गरिएको यो विश्वकपका खेल सञ्चालन हुने आठ रंगशालामध्ये सातवटा नयाँ निर्माण गरिएको हो ।

चार वर्षपछि उत्तर अमेरिकी महादेशको अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने विश्वकपमा ४८ देशले प्रतिस्पर्धा गर्नेछन् । त्यसर्थ ३२ टिमको अन्तिम विश्वकप कतार संस्करण नै हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij