सारांश
काठमाडौं । मुस्ताङबाट ४० वर्ष भन्दा कम उमेरका तीन जना उम्मेदवार विजयी भएका छन्। प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिटमा कांग्रेसबाट निर्वाचित उम्मेदवारको उमेर ४० वर्षभन्दा कम छ।
प्रतिनिधि सभामा निर्वाचित योगेश गौचन थकाली २९ वर्षका छन्।
प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका योगेश कांग्रेसका सबभन्दा कान्छा उम्मेदवारसमेत हुन्। उनको बुबा रोमी गौचन थकालीले मुस्ताङमा निर्वाचन लड्न आफूले पाएको टिकट छोरालाई दिएका थिए।
त्यस्तै मुस्ताङकै प्रदेश सभा (क) बाट नम्डु गुरूङ विजयी भएका छन्। उनी ३३ वर्षका छन्।
त्यस्तै प्रदेश सभा (ख) बाटछ बिकल शेरचन विजयी भएका छन्। बिकल अहिले ३९ वर्षका छन्।