Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एनपी साउदको राजनीतिक यात्रा


सारांश

एनपी साउदको राजनीतिक यात्रा
images

काठमाडौं । एनपी साउद पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट उदाएका हुन् । त्यति बेला दलीय राजनीति प्रतिबन्धित थियो । ०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ सचिव भएर उनले राजनीति सुरु गरेका हुन् ।

उनी ०४१ मा नेविसंघको केन्द्रीय सदस्यमा नियुक्त भएका थिए । ०४८ मा नेविसंघको केन्द्रीय अध्यक्ष बने । २६ वर्षको उमेरमा उनी नेविसंघको अध्यक्ष बनेका थिए ।

त्यसको तीन वर्षपछि ०५१ को मध्यावधि निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका साउद पराजित भए । ०५६ मा कञ्चनपुरबाट निर्वाचित उनी शिक्षा राज्यमन्त्री बने ।

०५९ सालमा शेरबहादुर देउवा नेतृत्वमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनेपछि साउद केन्द्रीय सदस्य भए । ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उनले केन्द्रीय सदस्य पद नै पाएका थिए । त्यसयताका महाधिवेशनमा उनी लगातार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

०६४ मा निर्वाचन हारे । ०७० को निर्वाचनमा जितेका साउद सिँचाइमन्त्री बनेका थिए । ०७४ मा निर्वाचन हारे । ०७९ मा आमनिर्वाचनमा विजयी उनी परराष्ट्रमन्त्री बन्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij