सारांश
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्र छाडेर महावीर पुन माइतीघरको सडकमा ओर्लिएका छन् ।
म्याग्दीका दुर्गम गाउँमा तारविहीन प्रविधिबाट इन्टरनेट पुर्याएर सन् २००७ मा ‘रोमन म्यागासेसे’ अवार्ड पाएका महावीर यतिखेर नयाँ पुस्ताका लागि भनेर सडकमा ओर्लिएको बताउँछन् । उनले आफ्नो आन्दोलनलाई नाम दिएका छन्— ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम ।’