Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

शताब्दीका महान् फुटबलर पेले


सारांश

शताब्दीका महान् फुटबलर पेले
images

काठमाडौं / फुटबल भनेपछि हुरूक्कै हुने ब्राजिलले सन् १९५० को चौंथौ विश्वकपको आयोजना गर्‍यो। उसले प्रतियोगितालाई भव्य बनाउन २ लाख अट्ने रंगशालासमेत निर्माण गर्‍यो। त्यहीबेला ब्राजिल उपाधि जित्न चाहन्थ्यो। तर निर्णायक खेलमा उरूग्वेसँग पराजित भएपछि ब्राजिलको उपाधि जित्ने सपना पूरा हुन सकेन।

सन् १९५४ मा स्विट्जरल्यान्डमा आयोजना भएको पाँचौं संस्करणमा त ब्राजिल क्वार्टरफाइनलबाटै आउट हुनुपर्‍यो।

सन् १९५७ जुन ७ मा अर्जेन्टिना विरूद्धको खेलमा पेले उपनाम गरेका खेलाडीले १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरे। डेब्यू खेलमै गोल गरेपछि पेलेले ब्राजिलियन फुटबलमा आशाको सञ्चार गराइदिए। डेब्यू खेलमै गोल गरेपछि पेलेले मात्र होइन ब्राजिलले पनि पछाडि फर्केर हेर्नुपरेन। ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मच्चाएका पेले पछि शताब्दीका महान् फुटबलरको रूपमा पुकारिए।

पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो हो। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टोबर २३, १९४० मा भएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij