Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यो म मात्र नभएर सम्पूर्ण स्रष्टामाथिको प्रहार हो : सुरेश अधिकारी


सारांश

यो म मात्र नभएर सम्पूर्ण स्रष्टामाथिको प्रहार हो : सुरेश अधिकारी
images
काठमाडौं । रोयल्टी संकलन समाजका अध्यक्ष एवं लोकप्रिय संगीतकार, गीतकार तथा गायक सुरेश अधिकारीका गीत एफ एम रेडियो सम्बन्धित तीन संस्थाले प्रतिबन्ध लगाउने सामुहिक निर्णय गरेपछि अन्य स्रष्टा-सर्जकहरुले आफ्ना सृजना रोयल्टीको दायरामा न-आउने एफ एम रेडियोलाई सित्तैमा बजाउन नदिने निर्णय गरेका छन् । संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाको पहलमा संगीतकार संघकै कार्यलयमा संगीतकार संघ, गीतकार संघ, रोयल्टी संकलन समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान लगायतका पदाधिकारी सहभागी आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
 
सो बैठक पश्चात् संगीतकार अधिकारीसंग सारांशले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ :
 
- सुरेश जी, तपाइँका सृजना एफ-एम रेडियोले प्रतिबन्ध गर्ने निर्णय सुनेपछी तपाईंलाई कस्तो लाग्यो?
 
= यो म माथी मात्र नभएर सम्पूर्ण स्रष्टामाथिको प्रहार हो भन्ने मैले ठानेको छु।
 
- तपाईंका सृजना प्रतिबन्ध गर्दा त तपाईंसङ्ग जोडिएका गायक/गायिका, गीतकार, निर्माता लगायत सबैलाई असर पर्यो नि?
 
= हो, सबैलाई नै असर परेको छ। मेरो सृजनासंग जोडिएका सम्पूर्ण साथीहरुलाई यहि अन्तर्वार्ता मार्फत थोरै समय धैर्य धारण गर्न आग्रह गर्छु। किनकि अब हामी अन्तिम लडाइँको तयारीमा छौं ।
 
- अन्तिम लडाइँ भनेको कस्तो खालको लडाइँ हो?
 
= १६ वर्ष देखि रोयल्टी अभियानमा हामी निरन्तर लागेका छौं । यहाँ सुरेश अधिकारी मात्र होइन हामीसँगै आवद्ध भएका १८०० भन्दा धेरै साथीहरुको प्रतिष्ठा जोडिएको छ। हाम्रा सृजना नि:शुल्क प्रसारण गरेर अनधिकृत आर्जन गर्ने मिडिया मालिक भनाउदाहरु कि हाम्रो रोयल्टी तिर नत्र हामी अदालतको ढोका ढढक्याउने तयारीमा छौं, चेत होस। हामी स्रष्टामारा विरुद्ध मुद्दा हाल्दै छौं ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij