Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पति पत्नीको झगडा : सम्बन्ध थप मजबूद


सारांश

पति पत्नीको झगडा : सम्बन्ध थप मजबूद
images

पति पत्नीसँग कुनै पनि कुरा वा विषयमा विवाद वा झगडा समान्य कुरा हो । एक नयाँ अध्ययनले जीवनसाथीसँगको केही विषय वा कुरामा भएको झगडा वा वादविवादले सम्बन्ध थप मजबूद बनाउने छ ।

हजार मानिसमा गरेको अध्ययन अनुसन्धनका क्रममा पत्ता लागेको तथ्य अनुसार जुन जोडी कुनै कुरामा आफ्नो साथीसँग झगडा गर्छन् उनीहरु अन्य जोडीको तुलनामा १० गुणा धेरै खुसी रहन्छन् । जो जीवनसाथीसँगको कुराकानी वा झगडापछि रिसाएर एक्लै बस्छन् उनीहरुको तुलनामा झगडा गर्नेहरुबीचको सम्बन्ध थप राम्रो हुन्छ ।

अध्ययनका मुख्य लेखक जोसेफ ग्रिनिका अनुसार केही जोडी केही महत्वपूर्ण र संवेदनशील कुरामा आफ्ना साथीसँग झगडा गर्नबाट टाढा भाग्छन् । पार्टनरसँग सम्बन्ध खराब हुनुको खास कारण राम्रोसँग कुराकानी नहुनु हो । 

यस अध्ययनबाट पत्ता लाग्छ कि आफ्नो भावनालाई आफ्नो साथीसँग शेयर गर्नु र केही कुरा नराम्रो लागेमा पार्टनसँग झगडा गर्नाले सम्बन्ध कमजोर हुन्न बरु मजबूद हुन्छ । सिर्फ सम्बन्धमा विश्वास तथा प्यार आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij