सारांश
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ ।
राष्ट्रपति निवास ह्वाइट हाउसमा यो कुकुरले हालसम्म सुरक्षा गार्ड तथा कर्मचारीलाई गरी ११ पटक टोकिसकेको छ ।
जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के गर्ने भन्ने चाहिं निर्णय भैसकेको छ ।
प्रथम महिलाकी प्रवक्ता एलिजाबेथ अलेक्जेन्डरले गत बुधबार एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्-ह्वाइट हाउसमा काम गर्ने तथा दिनहुँ आफूहरुको सुरक्षा गर्ने व्यक्तिहरुको सुरक्षाप्रति राष्ट्रपति र प्रथम महिला निकै गम्भीर हुनुहुन्छ । उहाँहरु अमेरिकी सेक्रेट सर्भिसका साथै संलग्न सबैको सहयोग तथा धैर्यका लागि कृतज्ञ हुनुहुन्छ र समस्या समाधानका लागि काम भैरहेको छ । कमान्डर अहिले ह्वाइट हाउसभित्र छैन र आगामी कदमबारे मूल्यांकन भैरहेको छ ।