Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एउटा विचित्रको गाउँ : जहाँ सबै कुरा सित्तैमा पाइन्छ


सारांश

एउटा विचित्रको गाउँ : जहाँ सबै कुरा सित्तैमा पाइन्छ
images

एजेन्सी। दक्षिण पश्चिमी फ्रान्सको ल्यान्डेस एउटा विचित्रको गाउँ हो, त्यहाँका सबै मानिसलाई डिमेन्सिया अर्थात् बिर्सिने रोग छ ।

सो गाउँमा बस्ने मानिसहरु मध्ये सबैभन्दा पाको उमेरका व्यक्ति १०२ वर्षका छन् भने सबैभन्दा कम उमेरका व्यक्ति ४० वर्षका हुन् ।

गाउँको मुख्य चोकमा एउटा किराना पसल छ जहाँ दैनिकीलाई आवश्यक पर्ने सबै खालका चिजबिज पाइन्छन् । तर, रोचक त के भने उक्त पसलबाट सामान सित्तैमा पाइन्छ र कुनै पैसा तिर्नुपर्दैन । त्यसैले पसलमा सामान लिन जाँदा कसैलाई पनि गोजीमा पैसा राख्नका लागि सम्झिनु आवश्यक पर्दैन ।

सित्तैको दुकान र रेष्टुरेन्टसँगै गाउँलेहरुलाई थिएटरमा जाने र अन्य क्रियाकलापहरुमा पनि सित्तैमा भाग लिनका लागि प्रोत्साहित गरिन्छ ।

वास्तवमा भिलेज ल्याण्डेस एक प्रकारको प्रयोगशाला हो । अर्थात् वैज्ञानिक प्रयोगकै लागि सो गाउँको स्थापना गरिएको हो ।

के अल्जाइमर तथा डिमेन्सियाबाट पीडित मानिसहरुमा हरेक विषयका बारेमा स्मरण राख्नुपर्ने तनावलाई दूर राख्नाले रोग निको पार्नमा सहयोग पुग्छ ? भन्ने विषयमा त्यहाँ प्रयोग चलिरहेको छ ।

यो गाउँका बासिन्दाहरुको परिवारले वार्षिक ३० हजार शुल्क तिर्नुपर्छ ।

सन् २०२० मा यो गाउँको स्थापना भएको हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij