Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दूध अर्डर गर्दा पिसाब आएपछि...


सारांश

दूध अर्डर गर्दा पिसाब आएपछि...
images

एजेन्सी । अनलाइनमा एउटा सामान मगाउँदा अर्कै सामान डेलिभरी भएको हुन्छ कुनै बेला । अनि प्रायः अनलाइनमा देखाइएको सामानभन्दा निकै कम गुणस्तरको सामान डेलिभरी हुने घटना त निकै धेरै हुन्छन् । बेलायतमा हालै यस्तै एउटा अत्यासलाग्दो घटना भएको छ ।

बेलायतको सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमा दूध अर्डर गर्दा एकजना ग्राहकले बोतलबन्द पिसाब प्राप्त गरेका छन् ।

बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी समेत रहेको एडम बेल नामक व्यक्ति यस्तो ठगीको सिकार भएका हुन् ।

मरिसन्सबाट दूध अर्डर गरेका उनको घरमा पिसाबले आधा भरिएको बोतल डेलिभरी भयो । उनले सुपरमार्केटबाट आफ्नो घरमा डेलिभरी भएको दूधको एउटा बोतलको तस्वीर सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका छन् ।

उक्त बोतलको भित्र शंकास्पद देखिने तरल पदार्थ थियो । बोतल खोलेर हेर्दा त्यो तरल पदार्थ पिसाब रहेको पत्ता लाग्यो । वास्तवमा पेसाले नर्स रहेकी एडमकी पत्नीले सुँघेरै उक्त चिज पिसाब रहेको ठहर गरेकी थिइन् ।

उनले त्यस विषयमा जानकारी गराउँदै मरिसनलाई ट्याग गरेर एक्समा लेखेका छन्, ‘प्रिय मरिसन । यहाँले सामान्यतया हाम्रो शपिंग अर्डरको प्रतिस्थापित सामानका बारेमा अगाडि नै जानकारी गराउने गर्नुहुन्थ्यो । तर यसपटक एक बोतल पिसाब पठाउँदा भने यहाँले कुनै जानकारी गराउनु भएन ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij