Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

टिकटक लाइभमा वक्षस्थल देखाएपछि माओवादीको कारबाही


सारांश

टिकटक लाइभमा वक्षस्थल देखाएपछि माओवादीको कारबाही
images

काठमाडौं । नेकपा माओवादी केन्द्र रूपन्देहीले अनैतिक क्रियाकलाप गरेर चर्चामा आउने शान्ति बराललाई कारबाही गरेको छ ।

टिकटकमा गोप्य अंग देखाएर भाइरल बनेकी बराललाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको हो । उनी सो पार्टीको सैनामैना नगर कमिटीमा थिइन् ।

माओवादी सैनामैनाका अध्यक्ष नारायण महतले सांस्कृतिक रूपान्तरणमा लागेको पार्टीमा यस्ता अनैतिक काम गर्ने छुट कसैलाई नभएको भन्दै बराललाई कारबाही गरेको जनाएका छन् ।

पार्टीका नेताहरूसँगै सेल्फी खिच्ने, विभिन्न व्यक्तिसँग जोडेर टिकटक बनाउने र चर्चामा आउने बराल यसअघि पनि पटक पटक विवादमा पर्दै आएकी थिइन् ।
 
पछिल्लोपटक उनले टिकटक लाइभका क्रममा वक्षस्थल देखाएको भिडिओ क्लिप भाइरल भएपछि पार्टीले उनलाई कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij