Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यी हुन् विश्वका १० महँगो / सस्तो सहर


सारांश

यी हुन् विश्वका १० महँगो / सस्तो सहर
images

एजेन्सी । सबैभन्दा महँगा १० सहरको सूची सार्वजनिक भएको छ।

इकोनोमिस्ट इन्टेलीजेन्स युनिट (इआइयू)ले एक महिना सर्वेक्षण गरी बस्नका लागि विश्वका १० मंहगा सहरहरूको सूची सार्वजनिक गरेको हो। इआइयुले प्रत्येक वर्ष महँगो सहरको सूची सार्वजनिक गर्दै आइरहेको छ। 

यसपालि पनि सिंगापुर सबैभन्दा महँगो सहरको पहिलो नम्बरमा छ। सिंगापुर पछिल्लो ११ वर्षमा ९ पटक विश्वकै सबैभन्दा महँगो सहरको सूचीको पहिलो नम्बरमा परेको छ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्क सिटीलाई पछि पार्दै स्विट्जरल्याण्डको ज्युरिच दोस्रो महँगो सहर बनेको छ।

इआइयुको सर्वेक्षणमा अघिल्लो वर्ष न्यूयोर्क सिटी दोस्रो महँगो सहर बनेको थियो। यसपालि एक स्थान तल झरेर तेस्रोमा पुगेको हो।

चौथो स्थानमा स्विट्जरल्याण्डकै जेनेभा छ। पाचौंमा हङकङ, छैटौंमा लस एन्जलस, सातौंमा पेरिस, आठौंमा कोपनहेगन, नवौंमा इसराइलको तेल अविभ र दसौंमा सान फ्रान्सिस्को छ।

 

इआइयुले बस्नका लागि संसारकै सस्तो १० सहरहरू पनि पत्ता लगाएको छ। इआइयुले सोही विधिबाट गरेको सर्वेक्षणमा सबैभन्दा सस्तो सहरको शीर्षस्थानमा सिरियाको दमास्कस छ।  त्यसपछि क्रमशः इरानको तेहरान, लिवियाको त्रिपोली, पाकिस्तानको कराँची, उव्जेकिस्तानको तासकेन्त, ट्युनिसियाको ट्युनिस, जाम्बियाको लुकाशा, भारतको अहमदावाद, नाइजेरियाको लागोस र भारतकै चेन्नई छन्।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij