Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

मेरो कार्यकालमा खेलकुद क्षेत्रले विकासमा फड्को मार्छ : खेलकुदमन्त्री चौधरी


सारांश

मेरो कार्यकालमा खेलकुद क्षेत्रले विकासमा फड्को मार्छ : खेलकुदमन्त्री चौधरी
images

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार आयोजना गरेको बधाई तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने बताए ।

भविष्यमा हरेक राजनीतिज्ञको रोजाइमा युवा तथा खेलकुद मन्त्रालय पर्ने किसिमले काम गर्ने मन्त्री चौधरीको भनाइ छ ।

 एनएसजेएफ आयोजित कार्यक्रममा अध्यक्ष दुर्गानाथ सुवेदी, पूर्वअध्यक्ष एवम् एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र मञ्चका महासचिव प्रज्जल ओलीले मन्त्री चौधरीलाई स्वागत तथा बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij