काठमाडौं । सरकारले आगामी वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
यी हुन् नीति तथा कार्यक्रममा ‘हाइलाइट्स’
- विद्यार्थीहरुलाई स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ।
- बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै पढ्दै’को नीति लागू गरिनेछ।
- इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गरिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ।
- ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिनेछ । पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गरिनेछ।
- अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइनेछ।
- आधुनिक प्रविधिको प्रयोग गरी सार्वजनिक यातायात प्राधिकरणमार्फत यातायात सञ्चालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिनेछ।
- सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भूउपग्रह सञ्चालनको आधार तयार गरिनेछ।
- विश्वविद्यालयको सहकार्यमा शिक्षा बैंक स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
- सूचना प्रविधि पूर्वाधार विस्तार गरी नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैङ्क स्थापना गरिनेछ।
- काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिनेछ।
- पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो ६ मापदण्ड लागू गरिनेछ।