Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने


सारांश

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने
images
 
काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्दैछ ।

 बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै राष्ट्रपति निर्वाचनका बारेमा पनि छलफल हुने बताइएको छ ।

बैठक सोमबारबाट सुरु भएको थियो ।

रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

यस्तै राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij