सारांश
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने ब्रिफिङ गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताए। माओवादीका केही नेताहरूले महत्वपूर्ण मन्त्रालय नलिएको भन्दै गृहमन्त्री अरूलाई नछाड्न प्रधानमन्त्री प्रचण्डलाई दवाव दिइरहेका छन्।
‘अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन भन्ने कुराकानी भयो’ बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूसँग भने, ‘ राष्ट्रपति राष्ट्रिय सहमतिअनुसार नै बनाइने बताएका छन्।’
लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन।