Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाली कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक


सारांश

नेपाली कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
images
 
काठमाडौं । नेपाली कांग्रेसले आज बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक बोलाएको छ ।

 
बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचको विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ ।

यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । दुई निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij