सारांश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले बाहेकका पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउन तथा विधिको शासन सही दिशामा डोर्याउन पनि एमाले बाहेकका पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने महामन्त्री थापाको धारणा छ।
शनिबार बारामा नेपाल प्रेस युनियनको मधेश प्रदेशको पहिलो अधिवेशनमा बोल्दै उनले अहिलेको राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाए ।
उनले भने ‘राष्ट्रपतिले अहिले जसरी संविधान अनुसार अभ्यास गरिरहनुभएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छ।’
उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु शिवाकोटी, पूर्व केन्द्रीय सदस्य गुरुराज बराल, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव, संविधानसभा सदस्य डा शोभाकर पराजुली लगायतले प्रेसलाई अंकुश लगाउने र प्रेसलाई संकुचन पारेर संघीयतालाई समाप्त पार्ने कार्य सह्य नहुने बताए।