Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक बस्दै


सारांश

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक बस्दै
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ।

शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव वेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बसेको बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिनेछ।

पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र संगठनलाई निर्धारित समय सीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा पनि आज छलफल हुने नेकपा एसका केन्द्रीय सदस्य ताज मोहम्मद मियाले सारांशलाई बताए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij