Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

राष्ट्रपतिद्वारा वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन


सारांश

राष्ट्रपतिद्वारा वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन
images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् ।

सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरेका हुन् ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरेका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरब, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक, त्रिशुलचोक लगायतका स्थानको अवलोकन गरेका थिए ।

सो क्रममा प्रतिनिधिसभा सद्स्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वर्जाचार्य  काठमाडौं  महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij