Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘कुलिङ पिरियड’ छानबिन समिति प्रतिवेदन तयार : खतिवडा र दुरा जिम्मेवार


सारांश

‘कुलिङ पिरियड’ छानबिन समिति प्रतिवेदन तयार : खतिवडा र दुरा जिम्मेवार
images

काठमाडौं । ‘कुलिङ पिरियड’ छानबिन विशेष समितिले सर्वसम्मत प्रतिवेदन तयार पारेको छ ।

समितिले मंगलबार बिहान प्रतिवेदनलाई अन्तिम रुप दिएको एक सदस्यले जानकारी दिए । 

“सर्वसम्मत प्रतिवेदन तयार पारेका छौँ । आज संसद्मा पेस हुन्छ,” उनले भने । स्रोतका अनुसार कुलिङ पिरियडको गढबढीमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको निचोड निकालिएको छ । 

प्रतिवेदनले समितिका सचिव सुरजकुमार दुरा जिम्मेवार रहेको ठहर गरेको छ । “प्रतिवेदनमा हस्ताक्षर गर्ने सभापति र सचिवको नैतिक जिम्मेवारी रहेको निचोड निकालेका छौँ,” उनले भने । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij