Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार विजयी गराउँछौं : डा कोइराला


सारांश

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार विजयी गराउँछौं : डा कोइराला
images

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताएका छन्।

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले उक्त दाबी गरेका हुन् ।

‘राष्ट्रपति निर्वाचनको कुरालाई लिएर सत्तामा भएका केही दलले भाँजो हाल्न खोजेको भनिरहनुभएको छ,’ नेता शेखरले भने,‘हामी सबैभन्दा ठूलो दल हौं । प्रतिपक्षमा छौं । सरकारमा जाँदैनौ, प्रतिपक्षको भूमिका खेल्छौं ।’

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २५ का लागि तोकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij