काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले पत्रकार सम्मेलन गर्दैछन् । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए । ती नेताले भने, ‘पछिल्लो पार्टी बैठकका निर्णय समेत सार्वजनिक गरिने छ ।’
पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताएको छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।