सारांश
एजेन्सी । रूस र युक्रेनबीच चलिरहेको युद्ध रोक्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् ।
वार्तापछि अमेरिकी राष्ट्रपतिले वक्तव्यमार्फत महत्वपूर्ण संकेत दिएका छन् । उनले दुई देशहरूबीच चलिरहेको युद्ध चाँडै समाप्त हुने बताए । पुटिन पनि यसलाई जारी राख्न चाहँदैनन् भने जेलेन्स्की पनि यसमा विराम लगाउन चाहन्छन् ।
“पूरै विश्व नै युद्धबाट आजित भइसकेको छ । चाँडै शान्ति स्थापित हुनेछ, युद्ध रोकिनेछ,” ट्रम्पले भने ।
ट्रम्पले अब त्रिपक्षीय वार्ताको संकेत दिए । भेटमा धेरै युरोपेली नेताहरू पनि उपस्थित थिए ।