सारांश
एजेन्सी । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा सह–पाइलटले मुख्य पाइलटमाथि चक्कु प्रहार गर्दै विमानको नियन्त्रण लिन खोजेको घटना सार्वजनिक भएको छ।
उडानका क्रममा ककपिटमा झडप भएपछि ३४ हजार फिटको उचाइमा रहेको विमान तीव्र गतिमा तल झरेर १६ हजार ६ सय फिटसम्म पुगेको बताइएको छ।
ककपिटबाट आएको आवाज सुनेपछि यात्रु र विमानमा रहेका अफ–ड्युटी पाइलटहरूले सह–पाइलटलाई नियन्त्रणमा लिएका थिए। घाइते मुख्य पाइलटलाई एक यात्रु दन्तचिकित्सकले प्राथमिक उपचार गरेका थिए।
घटनापछि विमानबाट आपत्कालीन ‘७७००’ र अपहरण संकेत ‘७५००’ कोड पठाइएको थियो। त्यसपछि इजरायली वायुसेनाले लडाकु विमान परिचालन गरेको जनाइएको छ।