Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

२६ दिनपछि सोनम वाङ्चुकले तोडे आमरण अनसन


सारांश

२६ दिनपछि सोनम वाङ्चुकले तोडे आमरण अनसन
images

एजेन्सी । भारतका वातावरण अभियानी सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनसन अन्त्य गरेका छन्।

बिहीबार राति गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहको उपस्थितिमा उनले अनसन तोडेका हुन्। वाङ्चुकले देशमा सम्भावित हिंसा रोक्न र विभिन्न पक्षसँग भएको लामो वार्तापछि यो निर्णय गरेको बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले वाङ्चुकको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै चिकित्सकको सल्लाहअनुसार उपचार गर्न र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

यता, नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणविरुद्ध आन्दोलनरत 'कक्रोच जनता पार्टी (सिजेपी)' ले भने शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन जारी रहने जनाएको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij