सारांश
एजेन्सी । शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि र सरकारबाट प्रमुख मागहरू पूरा गर्ने प्रतिबद्धता आएपछि ककरोच जनता पार्टी (सीजेपी)ले जन्तर–मन्तरमा ३७ दिनदेखि जारी आन्दोलन फिर्ता लिएको छ।
कन्स्टिट्युसन क्लबमा आयोजित पत्रकार सम्मेलनमा सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले सरकारसँग भएको तेस्रो चरणको वार्तापछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए। वार्तामा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह सहभागी थिए।
सरकारले निट परीक्षासँग सम्बन्धित आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति दिने, आन्दोलनका क्रममा दर्ता भएका एफआईआर फिर्ता लिने तथा शैक्षिक र परीक्षा सुधारसम्बन्धी पाँचबुँदे मागमा थप छलफल गर्न सहमति जनाएको सीजेपीले जनाएको छ। यस विषयमा चार हप्तापछि पुनः वार्ता हुने तय भएको छ।
यसअघि निट–युजी प्रश्नपत्र चुहावट विवादपछि सीजेपी र अभियन्ता सोनम वाङचुकको नेतृत्वमा शिक्षामन्त्रीको राजीनामा माग्दै आन्दोलन सुरु भएको थियो।