सारांश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका छन् ।
भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।
बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिष्कार नगर्ने बताए ।