सारांश
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् ।
३३औँ महानगर प्रहरी दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सानोमा आफूले हलिउड फिल्म हेर्दा सिटी पुलिसले गरेको जस्तो काम हाल काठमाडौं महानगर प्रहरीले गरिरहेको उनले उल्लेख गरे ।
काठमाडौं महानगरबाट धेरै पालिकाले काम गर्ने शैली सिक्न खोजेको उनले सुनाए ।