Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

किशोरसिंह राठौरले गरे कांग्रेस सभापतिमा उमेदवारी घोषणा


सारांश

किशोरसिंह राठौरले गरे कांग्रेस सभापतिमा उमेदवारी घोषणा
images

बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५औँ महाधिवेशनमा आफू सहजै सभापति बन्ने जिकिर गरेका छन् ।

शनिबार (भदौ १४) बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन नेतृत्वमा नयाँ धार आवश्यक भएको बताए ।

मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न सक्षम नेतृत्व आफू मात्र भएको उनले जिकिर गरे ।

“म मन्त्री वा प्रधानमन्त्री बन्ने लोभले होइन, कांग्रेसलाई सशक्त बनाउन सभापति बन्न चाहन्छु,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij