Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आफ्ना मान्छेलाई जागिर नदिएको भन्दै मन्त्रीले खोसे सचिवको गाडी


सारांश

आफ्ना मान्छेलाई जागिर नदिएको भन्दै मन्त्रीले खोसे सचिवको गाडी
images

विराटनगर। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामलेआफ्ना मान्छे नियुक्ति गर्न दिएको निर्देशन नमान्दा सचिवको गाडी नै खोसिदिएका छन् ।

सोमबार मुख्यमन्त्रीको कार्यालयमा पुगेका सचिव शरणकुमार पाण्डे सवार सरकारी गाडीको चावी चालकलाई बोलाएर हाङ्गामले खोसेका हुन् ।

हाङ्गामले हाल कार्यरत १० जना चालक र सहयोगी हटाउन सचिव पाण्डेलाई दबाब दिँदै आएको रआफ्नो सचिवालयका कर्मचारीका लागि गत असार महिनाको टीएडीए निकास गर्न पनि उनले सचिव पाण्डेलाई चर्को दबाब दिएको स्रोतले जनाएको छ ।

सचिव पाण्डेले आफूले चढ्ने गरेको गाडीको चाबी खोसिएको बताए ।

‘म मुख्यमन्त्रीको कार्यालयमा गएको थिएँ । गाडीको चाबी त्यहीँबाटै लगिएको रहेछ’, उनले भने, ‘मैले त कानुनले दिएको कुरा गर्ने हो । कानुनले दिएको कुरा मिलेसम्म गरेकै छु । कानुनबाहिरको कुरा त जसले भने पनि गर्न सक्दिनँ ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij