Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सामाजिक सञ्जाल बन्द हुने नेकपा एमालेका महासचिव शंकर पोखरेलको संकेत


सारांश

सामाजिक सञ्जाल बन्द हुने नेकपा एमालेका महासचिव शंकर पोखरेलको संकेत
images

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोशिसमा जुट्न आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गर्दै यस्तो बताए हुन् ।

उनले लेखेका छन्,’सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij