Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक :मन्त्री खड्का


सारांश

ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक :मन्त्री खड्का
images

काठमाडौं । उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन् । 


बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यकासाथ सरकार अगाडि बढेको बताए । 


उनले भने,‘ठूला दलहरु मिलेर बनेको स्थिर सरकार छ । यतिखेर हिजो नभएका कामहरु आक्रमक ढंगबाट हुन सक्नुपर्छ । हामी त्यहि लक्ष्यकासाथ काम गरिरहेको छौं । सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ । त्यो सहयोग सरकारलाई दिँदै गर्दा जनताकै लागि हुन्छ । समस्याको सम्बोधन गर्ने ,आवश्यक कानुन परिमार्जन गरेर समयसापेक्षित बनाउने,सुशासन कायम गर्ने र मूलुकलाई आर्थिक हिसाबले दरिलो बनाउन सक्यो भने तपाई हाम्रो योगदानको उच्च कदर हुने छ ।’


त्यस्तै उनले लघु तथा साना जलविद्युत उपभोक्ता समाज हिजोको दिनमा बढि सहयोगी र सेवाको दृष्किोणमा सञ्चालन भइरहेको बताउँदै अब व्यवसायीक पनि बन्न आवश्यक रहेको बताए । ठूला संस्थाहरुले काम गर्दै गर्दा मूलुकमा केही राजस्व पनि संलन होस् भन्ने इच्छा सरकारको भएको बताउँदै मन्त्री खड्काले  सहयोगी हुँदाहुँदै व्यवसायीक कसरी बनाउने भन्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए । 


‘हिजोको दिनमा बढि सहयोगीको हिसाबले सेवाको दृष्किोणले यहाँहरुले गर्नुभयो होला । अब यसलाई व्यवसायीक पनि थोरै बनाइएन भने यो संस्था बाच्न पनि गाह्यो हुन्छ । त्यसैले यसलाई सहयोगि हुँदाहुँदै व्यवसायीक कसरी हुन्छ त्यो सोच्नुपर्छ । यति ठूला संस्थाहरुले काम गर्दै गर्दा मूलुकमा केही राजस्व पनि संलन होस् भन्ने इच्छा सरकारको पनि हुन्छ ।’उनले भने अहिले सबै कुरामा अनुदान कुरा आउने गरेको भन्दै उनले अनुदानमा धेरै विश्वास गर्न नहुने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij