सारांश
काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतले पारित भएको छ ।
ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विधान महाधिवेशनभर सबैभन्दा बढी चासोको विषय बनेको थियो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको विषय ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले उनको सदस्यता नविकरणको विषयमा कुनै निर्णय गरेन । यो सँगै विद्याको सदस्यता नविकरण नहुने केन्द्रीय कमिटीको निर्णय सदर भएको नेताहरूले बताएका छन् ।
बरु एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा पनि हटेको छ । यो सँगै केपी शर्मा ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।