सारांश
काठमाडौं । जेन जेड युवाहरुको आजकोआन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।
तय गरिएको तालिकाअनुसार बिहान ९ बजे माइतीघरमा भेला भई बानेश्वरस्थित एभरेस्ट होटलसम्म मार्चपास गरिनेछ।
अन्य आन्दोलनहरूमा जस्तै औपचारिक भाषण भने नहुने बैठकले स्पष्ट गरेको छ। तर, कार्यक्रममा २८ वर्षभन्दा कम उमेरका स्रष्टाले सिर्जनात्मक गीत, कविता तथा साहित्यिक प्रस्तुति दिन पाउने व्यवस्था गरिएको छ।
नेपाल सरकारले फेसबुकसहित सामाजिक सञ्जाल निष्क्रिय बनाएको विरोधस्वरूप जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले अघि सारेका मुख्य मागमा—
सामाजिक सञ्जाललाई बिनासर्त पुनः सक्रिय बनाइनुपर्ने,
पुराना नेताहरूले प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष आयुक्त नियुक्ति गर्नुपर्ने,
जस्ता बुँदाहरू रहेका छन्।