सारांश
काठमाडौं । काठमाडौंमा कर्फ्यु लागेको छ ।
जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार अपरान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौं महानगरपालिकाको केही क्षेत्रहरूमा कफ्र्यू लागू गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बानेश्वर क्षेत्रका केही भागहरूमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शन पूर्णरूपमा निषेध गरिएको छ ।
कफ्र्यू आदेश लागू हुने क्षेत्र यस्ता छन् ः
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,