Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

जेन जीको प्रदर्शन: काठमाडौँ मा १७ र इटहरीमा २ जना गरी ज्यान गुमाउनेको संख्या १९ पुग्यो


सारांश

जेन जीको प्रदर्शन: काठमाडौँ मा  १७ र इटहरीमा २ जना गरी  ज्यान गुमाउनेको संख्या १९ पुग्यो
images

 काठमाडौं । जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार काठमाडौँ उपत्यकामा १७ र उपत्यका बाहिर २ जना गरी १९ जनाको मृत्यु भएको हो। 

त्यस्तै हालसम्म १३३ जना घाइते मात्रै अस्पतालमा उपचारमा रहेको र अन्य सबैको डिस्चार्ज भएको प्रहरीको भनाइ छ। 

प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४१ प्रहरी जना घाइते भएका छन्। नेपाल प्रहरीका ३८ जना घाइते भएको र त्यसमध्य १४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

त्यस्तै सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन्। 

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा काठमाडौँसहित देशका विभिन्न सहरहरूका सडकमा जेन जीहरूले प्रदर्शन गरिरहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij