सारांश
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।
जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्रीको भूमिकामाथि कांग्रेसको बैठकमा प्रश्न उठेको थियो।
गृहमन्त्री लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् ।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने ।
जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ।