Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

जेनजीको प्रदर्शन : माग- ‘हाम्रा साथी फिर्ता दे सरकार’


सारांश

जेनजीको प्रदर्शन :  माग- ‘हाम्रा साथी फिर्ता दे सरकार’
images

काठमाडौं । काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् ।

राति अबेरसम्म सडकमै रहेका जेनजी पुस्ता आज पनि बिहानैदेखि संसद् भवन अघि पुगेर नाराबाजी गरिरहेका छन् ।

उनीहरुले ‘हाम्रा साथी फिर्ता दे सरकार’ ‘सरकार राजीनामा दे’ लगायतका माग राखेका छन् ।

प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ । 

काठमाडौं सोमबारदेखि तनावग्रस्त छ । सोमबार काठमाडौंमा जेनजीको आन्दोलनमा प्रहरी दमनका कारण कम्तिमा पनि १७ जनाको मृत्यु भएको छ । इटहरीमा दुई गरी हिजोको आन्दोलनमा जम्मा १९ जनाको मृत्यु भएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij