Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

शिक्षकलाई ५० लाखसम्मको गाडी, ८० प्रतिशत ब्याज सरकारले तिरिदिने


सारांश

शिक्षकलाई ५० लाखसम्मको गाडी, ८० प्रतिशत ब्याज सरकारले तिरिदिने
images

काठमाडौं । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत उपलब्ध गराउने प्रस्तावसहित शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् ।

त्यस्तै, माध्यमिक तहका तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

नियमावलीमा सवारीसाधन खरिदका लागि बैंकबाट लिइने कर्जाको किस्तागत ब्याजमध्ये ८० प्रतिशतसम्म सरकारले सहुलियतस्वरूप व्यहोर्ने प्रस्ताव गरिएको छ । बाँकी २० प्रतिशत रकम भने शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij